सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) अपा· घरको दीर्घकालीन नीति र योजना तर्जुमा गरी स्वीकृतिको निमित्त समाज कल्याण अधिकृत मार्फत मन्त्रालयमा पेश गर्ने ।
(ख) स्वीकृत नीति र योजना अनुरुप वार्षिक कार्यक्रम बनाई स्वीकृत गर्ने र सोको सञ्चालनार्थ आवश्यक स्रोतको खोजी गर्ने र प्राप्त स्रोतको
परिचालन गर्ने ।
(ग) अपा· घरमा रहेका बृद्वा अपा· र असहाय अपा·हरुलाई वस्ने, सुत्ने, खाने लगाउने लगायतका अन्य सुविधा सम्बन्धमा उपयुक्त व्यवस्था गर्ने
गराउने ।
(घ) बृद्व अपा· वा असहाय अपा·हरुको शारीरिक एवं वौद्विक विकासको निमित्त मनोरञ्जन तथा सा“स्कृतिक कार्यक्रम लगायत अन्य अतिरिक्त
क्रियाकलापको व्यवस्था गर्ने गराउने ।
(ङ) अपा· घरको कार्य प्रगतिको समीक्षा एवं मूल्यांकन गर्ने, गराउने ।
(च) बृद्व अपा· वा असहाय अपा·हरुलाई नियमित स्वास्थ्य परीक्षण र आवश्यकतानुसार औषधोपचारको व्यवस्था मिलाउने ।
(छ) अपा· घरका सञ्चालन सम्बन्धमा मन्त्रालय वा समाज कल्याण अधिकृतले दिएका सुझाव तथा निर्देशनको पालना गर्ने, गराउने ।